close

बुटवल उपमहानगरपालिका योगीकुटी चोकमा राखिएको डिजिटल बोर्ड ह्याक

टेकपाना टेकपाना

कात्तिक ७, २०८१ ९:४५

बुटवल उपमहानगरपालिका योगीकुटी चोकमा राखिएको डिजिटल बोर्ड ह्याक

काठमाडौं । दशैं-तिहारलाई लक्षित गर्दै बुटवलमा १५ दिनअघि चोकैमा राखिएको डिजिटल बोर्ड ह्याक भएको छ । बुटवल उपमहानगरपालिका योगीकुटी चोकमा स्थानीय क्लबले राखेको डिजिटल बोर्ड ह्याक भएको हो । 

बोर्ड ह्याक गरेर ह्याकरले त्यसमा अङ्ग्रेजी अश्लील शब्द राखेका छन् । यात्रुहरूलाई स्वागत गर्न राखिएको उक्त बोर्डमा ह्याकरले लेखेका छन्, “फ*क अल ।”

‘तिलोत्तमा नगरपालिकाले तपाईंहरूलाई यसरी स्वागत गर्छ’ भन्दै फोटो र भिडिओ सामाजिक सञ्जाल फेसबुक र टिकटकमा आइरहेका छन् । यस विषयमा टेकपानासँग कुरा गर्दै ट्राफिक प्रहरी बुटवलका असई मिलन सिंहले बोर्डमा अश्लील शब्दहरू भएको पुष्टि गरे । 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयका अनुसार सो बोर्ड केही समयअघि स्थानीय क्लबले राखेको थियो । “नगरपालिकाको अनुमित बिनै किन राखेको भनेर मैले हटाउने निर्देशन दिएको थिए,” पाण्डेयले भने, “अहिले ह्याक भएको रहेछ । त्यो ठूलो बोर्डको माथि रहेको सानो सूचना बोर्ड चाहिं हामीले राखेका हौं ।”

नगरप्रमुख पाण्डेयले यस विषयमा बुझेर बोर्ड हटाउन पहल गरिने बताए ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ७, २०८१ ९:५२