close

एआईबाट फोटो एडिट गरे अब गुगल फोटोजमा जानकारी देखिने

टेकपाना टेकपाना

कात्तिक ११, २०८१ १३:३३

एआईबाट फोटो एडिट गरे अब गुगल फोटोजमा जानकारी देखिने

काठमाडौं । अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल प्रयोग गरी फोटो एडिट गरे गुगल फोटोजमा जानकारी देखिने भएको छ । गुगलले एक ब्लग पोस्टमार्फत एआई टुल प्रयोग गरी कुनै पनि फोटोमा केही परिवर्तन गर्दा त्यसबारे जानकारी देखिने जनाएको हो ।

जुम इन्ह्यान्स, म्याजिक इरेजर, म्याजिक एडिटर जस्ता एआई फिचर गर्दा फोटोको डिटेल्समा ‘एडिटेड विथ गुगल एआई’  देखिने छ । जुन नाम, ब्याकअप स्टाटस, क्यामेरा इन्फोसँगै देखिन्छ । 

हुन त फोटोको मेटाडेटामा यसअघि एआईको प्रयोगबारे विवरण देखिन्थ्यो । तर अब डिटेल्समा नै देखिने छ । आफ्नो एआईप्रतिको उत्तरदायित्त्व जनाउन यस्तो कदम चालेको गुगलले जनाएको छ ।  

तर फोटोमा वाटरमार्क अथवा कुनै टेक्स्ट भने देखिँदैन । फोटोलाई कतै शेयर गर्दा पनि त्यसबारे जानकारी दिइँदैन । कुनै पनि फोटो एआई प्रयोग गरी एडिट गरिएको छ/छैन भनेर थाहा पाउन डिटेल्समा जानुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ११, २०८१ १३:४३