close

भोलिदेखि चित्रकार कृषा ताम्रकारको अनलाइन कला प्रदर्शनी हुँदै, कसरी हेर्ने ?

टेकपाना टेकपाना

कात्तिक २१, २०८१ १७:५९

भोलिदेखि चित्रकार कृषा ताम्रकारको अनलाइन कला प्रदर्शनी हुँदै, कसरी हेर्ने ?

काठमाडौं । भोलिदेखि नेपाली चित्रकार कृषा ताम्रकारको एकल अनलाइन आर्ट एक्जिबिसन (कला प्रदर्शनी) सुरु हुने भएको छ । रङ र ठाउँहरू बीच (बिट्विन कलर्स एन्ड सेप्स) शीर्षकमा एक महिनासम्म लामो प्रदर्शनी हुन लागेको हो । 

आर्टुडियो र आर्ट्सीको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा आधुनिक जीवनले परिचित ठाउँहरूलाई कसरी परिवर्तन गरेको छ भन्ने कुरा देख्न पाइने छ । प्रदर्शनीमा राखिएका चित्रकलाहरूले पुराना, प्राकृतिक रङहरूलाई विस्थापित गर्ने नयाँ, चम्किला रङहरूलाई समेट्ने छन् । 

त्यस्तै यस प्रदर्शनीले आधुनिक समयमा कसरी हामी आफ्नो विगत र महत्त्वपूर्ण चीजहरू बिर्सिरहेका छौं भन्ने कुराको बोध गराउने बताइएको छ ।

प्रयोगकर्ताहरूले यस कला प्रदर्शनी आर्ट्सी मार्फत हेर्न सक्नेछन् । त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक २१, २०८१ १७:५९