close

१०० किलोवाट मोटरसहित हुन्डाईको आयोनिक फाइभ नेपाल आउँदै, कति होला मूल्य ?

टेकपाना टेकपाना

कात्तिक २२, २०८१ १८:३०

१०० किलोवाट मोटरसहित हुन्डाईको आयोनिक फाइभ नेपाल आउँदै, कति होला मूल्य ?

काठमाडौं । नेपाली बजारमा हुन्डाईको विद्युतीय कार आयोनिक फाइभ अब १०० किलोवाट मोटरको संस्करणमा पनि उपलब्ध हुने भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यो संस्करणको आयोनिक फाइभ ईभी ल्याउन लागेको हो ।

कम्पनीका अनुसार १०० किलोवाट मोटर संस्करणको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । कारमा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ, जसले ३७५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

सन् २०२२ मा नेपाल भित्रिएको आयोनिक फाइभले त्यही वर्ष 'वर्ल्ड कार अफ दि इयर', 'वर्ल्ड इलेक्ट्रिक कार अफ दि इयर' र 'वर्ल्ड कार डिजाइन अफ दि इयर' जस्ता अन्तर्राष्ट्रिय पुरस्कार जितेको थियो ।

स्टाइलिस र फ्युचरिस्टिक डिजाइन रहेको कारमा प्यारामेट्रिक पिक्सेल हेडल्याम्प, क्लाम सेल हुड, पिक्सेल टेललाइट जस्ता सुविधा छन् ।

कम्पनीले नयाँ १०० किलोवाट मोटरको आयोनिक फाइभ कार एक महिनाभित्रै नेपाली बजारमा उपलब्ध हुने जानकारी दिएको छ । इच्छुक ग्राहकले बिहीबारदेखि यो गाडी प्रिबुक गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८१ १८:३७