close

६ वर्षको ओएस र सुरक्षा अपडेटसहित नेपाली बजारमा ‘सामसङ ग्यालेक्सी ए१६ फाइभजी’ सार्वजनिक

टेकपाना टेकपाना

कात्तिक २४, २०८१ १८:५१

६ वर्षको ओएस र सुरक्षा अपडेटसहित नेपाली बजारमा ‘सामसङ ग्यालेक्सी ए१६ फाइभजी’ सार्वजनिक

काठमाडौं । सामसङले नेपाली बजारमा आफ्नो नयाँ मिडरेन्ज स्मार्टफोन ‘ग्यालेक्सी ए१६ फाइभजी’ सार्वजनिक गरेको छ । यो स्मार्टफोन ६ वर्षको अपरेटिङ सिस्टम र सुरक्षा अपडेटको सुविधा सहित उपलब्ध गराइएको हो ।

ए१६ फाइभजीमा प्रिमियम ग्यालेक्सी ए सिरिज डिजाइन, मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामेरा सेटअप छ । यसमा ५० मेगापिक्सेल मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा-वाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा रहेको छ । त्यस्तै सेल्फीका लागि १३ मेगापिक्सेल फ्रन्ट क्यामेरा छ ।

फोनमा ६.७ इन्चको फुल एचडी सुपर एमोलेड डिस्प्ले छ, जसको रिफ्रेस रेट ९० हर्ज छ । यसले माइक्रो एसडी कार्डमार्फत १ टीबी सम्मको स्टोरेजको सुविधा दिन्छ । यो फोन आईपी५४ रेटिङ सहित पानी र धुलो प्रतिरोधी पनि छ ।

स्मार्टफोनमा ५००० एमएएच क्षमताको ब्याट्री छ, जसले लामो समयसम्म पावर प्रदान गर्दछ । फोन कालो, हल्का हरियो र सुनौला रंगमा उपलब्ध छ । ६/१२८ जीबी मोडेलको मूल्य २८ हजार ९९९ रुपैयाँ, ८/१२८ जीबीको ३० हजार ९९९ रुपैयाँ र ८/२५६ जीबीको ३४ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।

सामसङले फोन खरिदमा २५ वाटको एड्याप्टर निःशुल्क उपलब्ध गराएको छ । यो मोडल १२ नोभेम्बर २०२४ देखि सबै आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०८१ १५:३५