close

बुटवलमा सार्वजनिक भयो दीपल ईभी

टेकपाना टेकपाना

कात्तिक २६, २०८१ १६:३

बुटवलमा सार्वजनिक भयो दीपल ईभी

काठमाडौं । नेपालका लागि चाङ्गानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले लुम्बिनी प्रदेशको बुटवलमा आफ्नो दीपल ईभी सार्वजनिक गरेको छ । आइतबार बुटवलमा आयोजित एक समारोहमा कम्पनीले दीपल एस०७ र एल०७ ईभी सार्वजनिक गरेको हो । 

दीपल ईभी सार्वजनिक गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लुम्बिनी प्रदेशमा दीपल र चाङ्गानको सफलताको कामना गरे । उनले चाङ्गान र अन्य ब्रान्डहरूले बिक्री मात्र नभई बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई समेत प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । 

बुटवलका लागि चाङ्गानको डिलर जेनोस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्रकुमार श्रेष्ठले दीपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको सुनाए । “दीपलले काठमाडौंमा मात्र होइन, लुम्बिनीमा पनि बजार तताइरहेको छ,” उनले भने, “हामीले ग्राहकहरूबाट निकै सकारात्मक प्रतिक्रिया पाइरहेका छौं ।”

चाङ्गान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो, जसको १६२ वर्ष लामो विरासत छ । ६ महिनाअघि नेपालमा सार्वजनिक भएको दीपल ईभी अहिलेसम्म ६०० भन्दा बढी युनिट बिक्री भइसकेको कम्पनीले जनाएको छ । डिजाइन र यसमा भएका प्रविधिका कारण दीपलको बढी चर्चा हुने गरेको छ । 

दीपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउटडोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरू छन् । 

यससँगै एमएडब्लू वृद्धिले २७ कात्तिकबाट बुटवलमा लुम्बिनी प्रदेशकै सबैभन्दा ठुलो एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प आयोजना गर्ने जनाएको छ । बुटवलको क्लब डेनोभोमा आयोजना हुने कार्यक्रममा ग्राहकले दीपल प्रिबजेट प्राइसमा, सेरेस ४५ लाख ४९ हजार रुपैयाँमा र नामी ७ किलोवाटको निःशुल्क चार्जर सहित पाउनेछन् । 

ग्राहकले तीन ओटा रिकन्डिसन हाउसबाट बेस्ट भ्यालुएसन र एक्स्चेन्ज बोनस कम्पनीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८१ १६:३