close

फेसबुकमा १ लाख फलोअर कटाउने पहिलो एनपीएल टिम बन्यो सुदूरपश्चिम रोयल्स

टेकपाना टेकपाना

मंसिर ३, २०८१ ११:३५

फेसबुकमा १ लाख फलोअर कटाउने पहिलो एनपीएल टिम बन्यो सुदूरपश्चिम रोयल्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का टिममध्ये फेसबुकमा एक लाख फलोअरको आँकडा पार गर्ने पहिलो टिम सुदूरपश्चिम रोयल्स बनेको छ । सोमबार उक्त टिमले एक लाख फलोअरको आँकडा पार गरेको हो । 

एनपीएलमा आठ टिम रहेका छन् । २१ भदौमा टिम घोषणा भए लगत्तै सबैजसो टिम सामाजिक सञ्जालमा सक्रिय छन् । 

त्यसमध्ये सबैभन्दा पहिले एक लाख फलोअरको आँकडा सुदूरपश्चिम रोयल्सले पार गरेको हो । यो समाचार तयार पार्दासम्म सुदूरपश्चिम रोयल्सको फेसबुक पेजले एक लाख फलोअर र ८० लाख बढी लाइक पाएको छ । 

त्यसैगरी ७५ हजार फलोअर र ६१ लाख लाइक सहित पोखरा एभेन्जर्सको फेसबुक पेज दोस्रो स्थानमा छ । 

तेस्रो स्थानमा लुम्बिनी लायन्स रहेको छ । यस टिमको फेसबुक पेजमा ६४ हजार फलोअर र ४४ हजार लाइक रहेको छ ।

त्यसैगरी ५४ हजार बढी फलोअर र ३६ हजार बढी लाइकका साथ कर्णाली याक्सको फेसबुक पेज चौथो स्थानमा छ ।

पाँचौं स्थानमा काठमाडौं गुर्खाज छ । यस टिमको फेसबुक पेजमा ३४ हजार बढी फलोअर र २९ हजार बढी लाइक रहेको छ । 

त्यसैगरी छैठौं स्थानमा विराटनगर किङ्ग्स रहेको छ । यस टिमको फेसबुक पेजमा २५ हजार बढी फलोअर र १६ हजार बढी लाइक रहेको छ । 

त्यस्तै सातौं स्थानमा जनकपुर बोल्ट्स रहेको छ । यस टिमको फेसबुक पेजमा २४ हजार बढी फलोअर र १६ हजार बढी लाइक रहेको छ । 

१९ हजार बढी फलोअर र ११ हजार बढी लाइकका साथ चितवन राइनोज अन्तिम स्थानमा छ ।

 

 

पछिल्लो अध्यावधिक: मंसिर ३, २०८१ ११:५१