टेकपाना
मंसिर ११, २०८१ १८:२३
काठमाडौं । डिशहोमको एक्सन स्पोर्ट्स युट्युब च्यानलमार्फत नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सकिने भएको छ ।
एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच यस विषयमा सम्झाैता भएको हो ।
टेलिभिजनमा भने एनपीएलका खेलहरू स्टार स्पोर्ट्स नेटवर्कमार्फत प्रसारण हुनेछन् ।
मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुने लिगमा ८ फ्रेन्चाइज टिम भिड्दैछन् ।
पछिल्लो अध्यावधिक: मंसिर ११, २०८१ १८:२९