close

सामाजिक सञ्जालमा शर्ट भिडिओ हेरेर समय बर्बाद भइरहेको छ ? यो एपले दिनेछ समाधान

टेकपाना टेकपाना

मंसिर १६, २०८१ १२:४८

सामाजिक सञ्जालमा शर्ट भिडिओ हेरेर समय बर्बाद भइरहेको छ ? यो एपले दिनेछ समाधान

काठमाडौं । हिजोआज छोटो खालका (शर्ट फर्म्याट) भिडिओ चर्चित हुँदै गइरहेका छन् । टिकटक, युट्युब, इन्स्टाग्राम केही उदाहरण हुन्, जहाँ त्यस्ता खालका भिडिओ पाइन्छ । तर यसखालका भिडिओले प्रयोगकर्ताको समय बर्बाद गरिरहेका छन् । ।

किनकि छोटो खालका भिडि‌ओ कहिले पनि सकिँदैनन् । र मुख्य कुरो त्यस्ता भिडि‌ओ तपाईंलाई हेरिरहन मन लाग्छ । हुन त फोनमा शर्ट फर्म्याटका भिडिओमा लत बनाउनबाट रोक्ने फिचर  इनबिल्ट रूपमा नै छ । तर त्यसले शर्ट भिडिओ नभइ समग्र सञ्जालमा समय बिताएको आधारमा रोक्ने गर्छ । यद्यपि एक डेभलपरले यसको समाधान निकालेका छन् ।

रेडिट प्रयोगकर्ता आईजागनले सेन स्क्रोलिङ नामक एप बनाएका छन्, जुनले सञ्जाल नै चलाउन बन्द नगरी केवल शर्ट फर्म्याटका भिडिओ मात्र ब्लक गर्ने दाबी गरिएको छ । उदाहरणका लागि, टिकटकमा शर्ट भिडिओ आउन बन्द हुन्छ भने अन्य मेसेजिङको काम भने बन्द हुँदैन ।

अहिले यस एपले युट्युब, टिकटक, स्नापच्याट, इन्स्टाग्राममा शर्ट भिडिओ ब्लक गर्न सक्छ । अब चाँडै फेसबुक लगायतका एपमा पनि यो फिचर उपलब्ध हुने कम्पनीले जनाएको छ । एन्ड्रोइड अथोरिटीका अनुसार यस एपले कुनै पनि व्यक्तिगत जानकारीको निगरानी वा सङ्कलन गर्दैन ।

तर सेन स्क्रोलिङ प्रयोग गरेर एकभन्दा बढी एपको शर्ट भिडिओ ब्लक गर्न भने शुल्क तिर्नुपर्ने हुन्छ । यसैगरी एप नि:शुल्क चलाउँदा तपाईंले विज्ञापन पनि हेर्नुपर्ने हुन्छ । साथै नि:शुल्क भर्सनमा शर्ट भिडिओ हेर्न ब्लक गर्ने समय पनि निश्चित हुन्छ । तपाईंले सो समय पुन: विज्ञापन हेरेर बढाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर १६, २०८१ १२:४८