close

यी आईफोनमा केही महिनापछि ह्वाट्सएप नचल्ने

टेकपाना टेकपाना

मंसिर १९, २०८१ १७:४९

यी आईफोनमा केही महिनापछि ह्वाट्सएप नचल्ने

 

काठमाडौं । यदि तपाईं पुरानो आईफोन चलाउनुहुन्छ भने २०२५ को मे महिनादेखि समस्यामा पर्न सक्नुहुन्छ । ह्वाट्सएपको नयाँ नीतिका अनुसार पुराना आईफोन मोडेलमा यो एपले काम नगर्न सक्छ ।

डब्लूएबेटाइन्फो (WABetaInfo)को एक रिपोर्ट अनुसार आईफोन फाइभ एस, आईफोन सिक्स, आईफोन सिक्स प्लस जस्ता पुराना मोडेलले २०२५ को मे महिनादेखि ह्वाट्सएपको सपोर्ट पाउने छैनन् । यी मोडेलले अन्तिम सफ्टवेयर अपडेट (आईओएस १२.५.७) प्राप्त गरेपछि थप अपडेट नपाउने डब्लूएबेटाइन्फोले उल्लेख गरेको छ ।

नयाँ नीति अनुसार आईओएस १५.१ वा त्यसपछिका संस्करण भएका आईफोनले ह्वाट्सएप सपोर्ट गर्नेछन् । यदि तपाईंको आईफोनमा पुरानो आईओएस संस्करण छ भने ह्वाटस्एप चलाउन नयाँ फोन किन्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: मंसिर १९, २०८१ १७:४९