close

युट्युब क्रियटरले अब कमेन्टमा भ्वाइस रिप्लाई पठाउन पाउने

टेकपाना टेकपाना

पुस २, २०८१ ११:१८

युट्युब क्रियटरले अब कमेन्टमा भ्वाइस रिप्लाई पठाउन पाउने

काठमाडौं । अब क्रियटरले आफ्ना भिडिओमा आएका कमेन्टमा बोलेरै रिप्लाई दिन सक्ने भएका छन् । सोमबार ब्लग सार्वजनिक गर्दै भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले सीमित क्रियटरमा ‘भ्वाइस रिप्लाई’ फिचर परीक्षण गरिरहेको जानकारी दिएको हो ।

कम्पनीका अनुसार यो फिचर प्रयोग गरी क्रियटरले आफ्ना भिडिओमा आएका कमेन्टमा बोलेरै रिप्लाई दिन सक्नेछन् । यो फिचरले क्रियटर र अडियन्सबीच अर्थपूर्ण सम्बन्ध स्थापित गर्न सहयोग पुर्‍याउने कम्पनीको विश्वास छ । युट्युबले यो फिचर उपलब्ध गराएका क्रियटरको रिप्लाई सेक्सनमा ‘साउन्ड वेभ’ आइकन समावेश गरेको छ ।

त्यही अप्सनमा ट्याप गरी क्रियटरले अडिओ रेकर्ड गर्न सक्छन् । त्यसपछि उक्त अडिओ पठाइयो भने अन्य अडियन्सले सो अडिओ सुन्न सक्नेछन् । जसरी कमेन्ट गर्दा अन्य प्रयोगकर्ताले त्यसमा अन्तर्क्रिया गर्न सक्छन्, त्यसरी नै भ्वाइस रिप्लाई फिचरमा पनि अन्तर्क्रिया गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।

अहिले यो फिचर सीमित आईओएस प्रयोगकर्तामाझ उपलब्ध छ । अडिओ सुन्नका लागि पनि आईओएस डिभाइस नै उपयुक्त हुने बताइएको छ । कति लामो भ्वाइस पठाउन सकिन्छ अनि सबै क्रियटरले यो फिचर कहिले प्रयोग गर्न पाउँछन् भन्ने विषय खुलाइएको छैन । 

पछिल्लो अध्यावधिक: पुस २, २०८१ ११:२३