“प्राविधिक कठिनाइहरूको कारण इसेवाका सेवाहरू केही समयको लागि अस्थायी रूपमा अवरुद्ध भएको यो सूचना मार्फत जानकारी गराउँदछौं । हाम्रो प्राविधिक टोली चाँडो भन्दा चाँडो यसको समाधान गर्न सक्रिय रूपमा लागि परेको छ । यसबाट पर्न जाने असुविधाको लागि हामी क्षमाप्रार्थी छौं र यस समयमा तपाईँको धैर्य र सहयोगको अपेक्षा गर्दैछौं,” कम्पनीले सूचनामा भनेको छ ।
इसेवा नचल्दा ग्राहकले डिजिटल भुक्तानी प्रक्रियामा असहज महसुस गरेका छन् ।