close

स्क्विड गेमका स्टारले झुक्किएर इन्स्टाग्राममा पोर्न भिडिओ पोस्ट गरेपछि...

टेकपाना टेकपाना

पुस १९, २०८१ १४:२७

स्क्विड गेमका स्टारले झुक्किएर इन्स्टाग्राममा पोर्न भिडिओ पोस्ट गरेपछि...

काठमाडौं । नेटफ्लिक्सको चर्चित सिरिज स्क्विड गेमका चर्चित कलाकार विवादमा फसेका छन् । गल्तीले स्क्विड गेमको अश्लील संस्करणको ‘डीभीडी कभर आर्ट’ सामाजिक सञ्जालमा अपलोड गरेपछि पार्क सुङ्ग-हुन अहिले तनावमा छन् ।

स्क्विड गेमको दोस्रो सिजनमा उनी ट्रान्सजेन्डर पात्रको भूमिकामा छन् । उनैले सो कभर आर्ट आफ्नो इन्स्टाग्राम अकाउन्टमा झुक्किएर अपलोड गरेका थिए । 

यो अश्लील फिल्मको नाम स्क्वर्ट गेम हो । जुन चीनमा बनेको स्क्विड गेमको एक्स-रेटेड प्यारोडी हो । यसमा यौनजन्य सामग्री र केही बलात्कारका नक्कली दृश्यहरू समावेश छन् ।

३९ वर्षीय पार्कले तुरुन्तै उक्त पोस्ट हटाए र आफ्नो व्यवस्थापन एजेन्सीमार्फत सार्वजनिक रूपमा माफी पनि मागेका छन् । 

बीएच इन्टरटेनमेन्टका अनुसार कलाकार पार्कले गल्तीले उक्त सामग्री पोस्ट गरेका थिए । उनलाई ती सामग्री इन्स्टा डीएम मार्फत प्राप्त भएको थियो । र, उनको असावधानीले गर्दा सो तस्बिर पोस्ट भएको हो ।

व्यवस्थापन एजेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सुङ्ग-हुन यस घटनाले निकै स्तब्ध भएका छन् । यस्तो परिस्थितिमा गल्ती गरेकोमा उनी दुःखी छन् र भविष्यमा यस्तो घटना फेरि नहोस् भन्ने सुनिश्चित गर्न विशेष सावधानी अपनाउने वाचा गरेका छन् ।”

यस घटनाले दक्षिण कोरियामा व्यापक आलोचना निम्त्याएको छ । विशेषगरी फिल्मको आपत्तिजनक सामग्रीका बाहिर ल्याएको भन्दै विरोध भइरहेको छ । 

कोरियन ड्रामा 'द ग्लोरी' र 'मेमोरियल्स' लगायतमा गरेको अभिनयका पार्क सुङ्ग-हुन कोरियाकै स्टार कलाकारमा गनिन्छन् ।  २०२४ को सुरुमा उनले 'मेलोड्रामा क्विन अफ टियर्स' मा अभिनय गरेका थिए, जुन उक्त वर्ष सबैभन्दा धेरै हेरिएको कोरियन सिरिज बनेको छ ।

तर हालको विवादका कारण कोरियाली फ्यानको एक समूहले उनले खेलेका फिल्म बहिष्कार गर्ने धम्की दिन थालेका छन् । यद्यपि विवादका बाबजुद स्क्विड गेमको दोस्रो सिजनमा ट्रान्सजेन्डर महिलाको भूमिका निर्वाह गरेकोमा उनको चौतर्फी प्रशंसा भइरहेको छ ।

पछिल्लो अध्यावधिक: पुस १९, २०८१ १४:४९