close

चिनियाँ एआईको चर्चाले भारतमा तरङ्ग, आफ्ना शीर्ष एआई विज्ञलाई स्वदेश फर्काउने तयारी

टेकपाना टेकपाना

माघ १९, २०८१ १२:५०

चिनियाँ एआईको चर्चाले भारतमा तरङ्ग, आफ्ना शीर्ष एआई विज्ञलाई स्वदेश फर्काउने तयारी

काठमाडौं । भारत सरकारले विश्वका प्रतिष्ठित प्रविधि कम्पनीहरूमा कार्यरत भारतीय मूलका एआई विद्वान तथा अनुसन्धानकर्ताहरूलाई स्वदेश फर्काउन पहल थालेको छ । भारत फर्केर देशको जेनेरेटिभ एआई मोडल तथा एप विकासमा योगदान दिन सरकारले आग्रह गरेको हो ।

यो अभियान एक सानो चिनियाँ स्टार्टअप डिपसिकले कम लागतमा प्रभावकारी एआई असिस्टेन्ट विकास गरी विश्वभर तहल्का मच्चाइरहेको समयमा अघि बढाइएको छ । यसले एआई क्षेत्रमा अर्बौं डलर लगानी गरिरहेका अमेरिकी कम्पनीहरूको वर्चस्वलाई चुनौती दिएको छ ।

सरकारले निकी परमार जस्ता प्रतिष्ठित एआई अनुसन्धानकर्ताहरूसँग वार्ता अघि बढाएको छ । परमारले मेसिन लर्निङ र डिप लर्निङमा महत्त्वपूर्ण योगदान दिएकी छिन् । भारत सरकारले यी विज्ञहरूलाई स्वदेश फर्काएर स्टार्टअप र युवा अनुसन्धानकर्तालाई मार्गदर्शन गराउने योजना बनाएको छ ।

इन्डिया एआई मिसन अन्तर्गत जीपीयू कम्प्युटिङ सुविधा उपलब्ध गराएर भारतमै नवीन प्रविधि विकास गर्न विज्ञहरूलाई प्रेरित गरिनेछ । केही प्रमुख भारतीय मूलका एआई विज्ञहरूले भारतको एआई यात्रा मजबुत बनाउन स्वदेश फर्कने इच्छा व्यक्त गरिसकेका छन् ।

“ओपनएआई, गुगल डिपमाइन्ड, मिस्ट्रल एआई र पर्प्लेक्सिटी एआईमा कार्यरत भारतीय मूलका पेशेवरहरूका लागि यो स्वदेश फर्केर योगदान गर्ने उपयुक्त अवसर हो,” एक सरकारी अधिकारीले ​मनिकन्ट्रोललाई भने ।

उनले अगाडि भने, “यदि हामी चीनको डिपसिक जस्तै विकल्प निर्माण गर्न चाहन्छौं भने हामीलाई ती विज्ञहरूको विशेषज्ञता आवश्यक छ । त्यसैले हामी शीर्ष भारतीय अनुसन्धानकर्ताहरूलाई स्टार्टअप स्थापना गर्न, विस्तार गर्न र नवप्रवर्तनलाई अघि बढाउन आवश्यक सहयोग प्रदान गर्नेछौं ।”

सरकारले शीर्ष एआई विज्ञहरूलाई स्वदेश फर्काउन प्रोत्साहित गर्न आवश्यक पूर्वाधार विकास, वित्तीय सहयोग र अनुसन्धान वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ ।

पछिल्लो अध्यावधिक: माघ १९, २०८१ १२:५०