close

नेपाली सडकमा गुड्छन् ८०० बढी ओमोडा जेइको बिजुली गाडी

टेकपाना टेकपाना

माघ ३०, २०८१ १९:४

नेपाली सडकमा गुड्छन् ८०० बढी ओमोडा जेइको बिजुली गाडी

काठमाडौं । नेपाली सडकमा ८०० भन्दा बढी ओमोडा एन्ड जेइको बिजुली गाडी सञ्चालनमा आएका छन् । हालै काठमाडौंको उत्तरढोकास्थित आफ्नो शोरुममा एक कार्यक्रम गर्दै एसपीजी अटोमोबाइल्सले यसबारे जानकारी दिएको हो ।

कार्यक्रममा उपस्थित ओमोडा एन्ड जेइकोका ब्रान्ड एम्बेसडर एवम् क्रिकेटर दीपेन्द्र सिंह ऐरीले यो महत्त्वपूर्ण उपलब्धि हासिल गरेकोमा कम्पनीलाई बधाई दिए । सो अवसरमा एसपीजीका निर्देशक गौरव शारडा, ग्रुप अध्यक्ष धिरेन तामाङ, सेल्स एन्ड मार्केटिङका महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्द र फाइनान्सका महाप्रबन्धक राजेन्द्र तिमिलसेना पनि सहभागी थिए ।

कार्यक्रममा सहभागीहरुले ब्रान्ड एम्बेसडरसँग कुराकानी गर्ने, ओमोडा एन्ड जेइकोका नयाँ मोडलहरु हेर्ने र नेपालमा कम्पनीको यात्रा र भविष्यबारे जानकारी लिने मौका पाएका थिए ।

कम्पनीले ८०० गाडीको बिक्रीलाई एउटा महत्त्वपूर्ण कोशेढुङ्गाको रूपमा लिएको छ भने आगामी दिनमा आफ्नो सेवा र उत्पादनलाई थप विस्तार गर्ने योजना ल्याएको छ ।

हाल देशका मुख्य सहरहरूमा ओमोडा एन्ड जेइकोको शोरुम विस्तार भइसकेको छ । त्यस्तै, गत वर्ष एसपीजी अटोमोबाइल्सले ‘२०२४ ओमोडा र जेइको डिलर्स फोरम’ मा दुई ओटा महत्त्वपूर्ण अवार्ड हात पारेको थियो । नेपाली सडक र जीवनशैलीका लागि आफूले उपयुक्त बिजुली गाडी ल्याउने गरेको कम्पनीको भनाइ छ ।

 

पछिल्लो अध्यावधिक: माघ ३०, २०८१ १९:१६