close

सवारी अभिलेख डिजिटल प्रणालीमा लगिँदै, १५ दिनभित्र सक्कल फाइल बुझाउन गुर्जुधारा यातायातको अनुरोध

टेकपाना टेकपाना

फागुन १, २०८१ १०:३२

सवारी अभिलेख डिजिटल प्रणालीमा लगिँदै, १५ दिनभित्र सक्कल फाइल बुझाउन गुर्जुधारा यातायातको अनुरोध

काठमाडौं । यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधाराले दर्ता भएका दुई पाङ्ग्रे सवारी साधनहरूको विवरण डिजिटाइजेसन गर्ने कार्य अघि बढाएको छ । यसै क्रममा, लट नं. १ देखि लट नं. ५५ सम्मका सवारीधनीलाई १५ दिनभित्र आफ्ना सक्कल फाइल कार्यालयमा बुझाउन सेवाग्राहीलाई अनुरोध गरिएको छ ।

बुधबार एक सूचना जारी गर्दै कार्यालयले सवारीको अभिलेखलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्न सक्कल फाइल आवश्यक पर्ने भएकाले सम्बन्धित सवारीधनीले तोकिएको समयभित्र फाइल बुझाउन आग्रह गरेको हो ।

समयमै फाइल नबुझाए भविष्यमा सवारी सम्बन्धी प्रशासनिक कार्यहरूमा समस्या आउन सक्ने भएकाले सूचना अनुसार सहयोग गर्न कार्यालयले सवारीधनीहरूलाई आग्रह गरेको छ ।

सूचना

पछिल्लो अध्यावधिक: फागुन २, २०८१ १४:४४