close

ताम्राकार कम्प्लेक्समा नयाँ एप्पल सर्भिस सेन्टर

टेकपाना टेकपाना

फागुन ९, २०८१ १४:५७

ताम्राकार कम्प्लेक्समा नयाँ एप्पल सर्भिस सेन्टर

काठमाडौं । इजी मोबाइल केयरले काठमाडौंको न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौँ तल्लामा एप्पल सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

यस सेन्टरमा आईफोन, आईप्याड, म्याकबुक, एयरबड, एप्पलवाच लगायतका डिभाइसको मर्मत तथा ममर्तपछिको ग्यारेन्टी सुनिश्चितता गरिने कम्पनीले जनाएको छ ।

इजी मोबाइल केयरका प्रबन्ध निर्देशक संजित पौडेलले भने, “हामीसँग लामो अनुभव छ र यसै अनुभवलाई उपयोग गर्दै एप्पल सर्भिस सेन्टर सुरु गरेका हौं । यसमा ग्राहकलाई सस्तो र गुणस्तरीय सेवा दिने हाम्रो मुख्य उद्देश्य हो ।”

आगामी दिनमा ग्राहकको आवश्यकता अनुसार थप सेवा उपलब्ध गराउने योजना रहेको उनले सुनाए । 

पछिल्लो अध्यावधिक: फागुन ९, २०८१ १४:५७