अब नेपाल टेलिकमको मोबाइलमा ५० रुपैयाँभन्दा कम रिचार्ज तथा टपअप गर्न नपाइने
फागुन १५, २०८१ १२:२४
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आजदेखि मोबाइल रिचार्ज र टप-अपको न्यूनतम सीमा ५० रुपैयाँ तोकेको छ ।
यो नयाँ नियमअनुसार डिजिटल वालेट, मोबाइल बैंकिङ र एमपोस प्रणालीमार्फत रिचार्ज गर्दा कम्तीमा ५० रुपैयाँको सीमा लागु हुनेछ ।
यसैबीच डिजिटल वालेट इसेवाले एक सूचना जारी गर्दै नेपाल टेलिकमको नयाँ नियम लागु भएको जानकारी आफ्ना प्रयोगकर्तालाई दिएको छ । अर्को सेवाप्रदायक खल्तीले पनि टेलिकमबाट पत्र आएको र आजैदेखि यो सीमा लागु गर्ने जानकारी टेकपानालाई दिएको छ ।
अन्य प्रदायकले पनि आफ्नो प्लेटफर्ममार्फत रिचार्ज तथा टपअप गर्ने टेलिकम ग्राहकलाई यो नियम लागु गर्ने तयारी गरेका छन् ।
ग्राहकहरूलाई साना रिचार्ज रकमको प्रयोगलाई सीमित गर्ने उद्देश्यले नेपाल टेलिकमले यस्तो योजना ल्याएको हो ।
पछिल्लो अध्यावधिक: फागुन १५, २०८१ १२:३४
