close

फ्युजमसिन्स एआई फेलोसिप २०२५ घोषणा, नि:शुल्क छात्रवृत्तिसहित ६ महिने प्रशिक्षण कार्यक्रम

टेकपाना टेकपाना

फागुन २१, २०८१ १३:५१

फ्युजमसिन्स एआई फेलोसिप २०२५ घोषणा, नि:शुल्क छात्रवृत्तिसहित ६ महिने प्रशिक्षण कार्यक्रम

 

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी उच्चस्तरीय प्रशिक्षण दिने उद्देश्यले फ्युजमसिन्सले ‘फ्युजमसिन्स एआई फेलोसिप २०२५’ का लागि आवेदन खुला गरेको छ । एआई र डेटा साइन्स क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने योजना सहित डिजाइन गरिएको यो कार्यक्रम छ महिनासम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा विद्यार्थी, आईटी प्रोफेसनल तथा प्रोग्रामिङ, गणित, कम्प्युटर साइन्स र सफ्टवेयर विकासमा रुचि राख्ने व्यक्तिहरू सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार छनोट प्रक्रियाबाट योग्य ठहरिएका आवेदकहरूले पूर्ण छात्रवृत्तिमा सहभागिता जनाउन पाउनेछन् ।

फ्युजमसिन्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीर मास्केले भने, “एआई प्रविधिको प्रभाव बढ्दै गइरहँदा यसको विकास शिक्षासँगै अघि बढ्नुपर्छ । हाम्रो उद्देश्य केवल प्राविधिक सीप प्रदान गर्नु मात्र नभइ एआईलाई प्रभावकारी रूपमा प्रयोग गर्ने सोच विकसित गर्नु पनि हो ।”

सन् २०१७ देखि सञ्चालन भएको एआई फेलोसिप कार्यक्रमले १२ देशका एक हजारभन्दा बढी सहभागीलाई प्रशिक्षित गरिसकेको फ्युजमसिन्सले जनाएको छ ।

नेपालमा डिजिटल रूपान्तरणको चरणमा रहेको उल्लेख गर्दै फ्युजमसिन्सका दक्षिण एसिया निर्देशक पराग श्रेष्ठले फेलोसिप कार्यक्रमले प्रविधिमा दक्षता बढाएर नेपालका युवालाई ग्लोबल स्तरको प्रतिस्पर्धाका लागि तयार पार्ने उल्लेख गरे ।

कार्यक्रम अन्तर्गत जेनेरेटिभ एआई, मसिन लर्निङ, डिप लर्निङ, कम्प्युटर भिजन, न्यारल नेटवर्क, प्रम्प्ट इन्जिनियरिङ, एमएलअप्स जस्ता विषयमा प्रशिक्षण दिइने बताइएको छ । सहभागीहरूले अनलाइन लाइभ क्लास, प्रोजेक्ट, समूह कार्य तथा परीक्षामार्फत व्यावहारिक ज्ञान प्राप्त गर्नेछन् ।

कार्यक्रमबारे थप जानकारी तथा आवेदन प्रक्रिया जान्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: फागुन २१, २०८१ १३:५१