काठमाडौं । डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले सिद्धार्थ बैंक लिमिटेडले ‘टपअप/फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ अभियान सार्वजनिक गरेको छ । फोनपे र एफवन सफ्टसँगको सहकार्यमा सञ्चालन भएको यस योजनामा सहभागी ग्राहकले बम्पर उपहारस्वरूप आईफोन १६ सँगै अन्य आकर्षक उपहार जित्न सक्ने बैंकले जनाएको छ ।
बैंकिङ सेवामा डिजिटल माध्यमको प्रयोगलाई बढावा दिने लक्ष्यसहित मोबाइल टपअप तथा फोनपे डाइरेक्ट कारोबारलाई आधार बनाई पुरस्कार योजना ल्याइएको बैंकले जनाएको छ ।
यस योजनामा सहभागी हुन ग्राहकले सिद्धार्थ बैंक मोबाइल स्मार्ट एक्सपी मोबाइल बैंकिङ एप प्रयोग गरी कम्तीमा १०० रुपैयाँको मोबाइल टपअप र ५०० रुपैयाँको फोनपे डाइरेक्ट कारोबार गर्नुपर्नेछ । यस चरण पूरा गर्ने ग्राहक साप्ताहिक तथा बम्पर उपहार जित्न योग्य हुनेछन् ।
अभियान अन्तर्गत हरेक साता १०० जना विजेताले १०० रुपैयाँको मोबाइल टपअप प्राप्त गर्नेछन् । अभियानको अन्त्यमा एक भाग्यशाली विजेतालाई नयाँ आईफोन १६ प्रदान गरिनेछ ।