काठमाडौं । ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको डिजिटल बोर्ड तोडफोड भएको छ । बुधबार साँझ डिजिटल बोर्ड ह्याक गरी प्रधानमन्त्रीविरुद्ध नारा लेखिएको घटना बाहिर आएपछि बोर्ड तोडफोड गरिएको हो ।
बुधबार साँझ क्याम्पस परिसरमा अखिल (क्रान्तिकारी) आबद्ध विद्यार्थी समूहले सरकारविरुद्ध आन्दोलन गरिरहेका बेला बोर्ड अनधिकृत रूपमा ह्याक भएको थियो । डिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा देखिएपछि केहीबेरमै बोर्ड नियन्त्रणमा लिइएको थियो । त्यसपछि एक समूहले बोर्ड तोडफोड गरेको हो ।
यस घटनापछि क्याम्पस परिसरमा असुरक्षा बढेको भन्दै विद्यार्थीहरूले शंकास्पद गतिविधि रोक्न तथा दोषी पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।
यसैबिच महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले डिजिटल बोर्ड ह्याकिङ तथा तोडफोडसम्बन्धी कुनै आधिकारिक उजुरी नआएको जनाएको छ