काठमाडौं । वाइवाइले आफ्नो नयाँ स्वादको चाउचाउ प्रचार गर्न टिकटकरको सहायता लिने भएको छ ।
‘वाइवाइ क्विक हट एण्ड स्पाइसी नुडल्स’ को प्रचारका लागि कम्पनीले टिकटक प्रतिस्पर्धा सुरु गरेको हो ।
यसअन्तर्गत, टिकटकमा विशेष फिल्टर प्रयोग गरी भिडिओ बनाउनेमध्ये हरेक साता सबैभन्दा धेरै लाइक पाउनेलाई १० हजार रुपैयाँ पुरस्कार दिइने कम्पनीले जनाएको छ ।
कम्पनीका मार्केटिङ प्रमुख श्रयकृष्ण श्रेष्ठले १५ देखि २५ वर्ष उमेर समूहका युवाहरूको रुचिलाई ध्यानमा राखेर यो चाउचाउको उत्पादन र प्याकेजिङ डिजाइन गरिएको बताए ।