close

किसानका लागि छुट्टै एप विकास गर्ने सरकारको घोषणा

टेकपाना टेकपाना

जेठ १५, २०८२ १५:४२

किसानका लागि छुट्टै एप विकास गर्ने सरकारको घोषणा

काठमाडौँ । नेपाल सरकारले किसानका लागि छुट्टै एप विकास गर्ने भएको छ । बिहीबार संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रम प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यसबारे जानकारी दिएका हुन् ।

उनका अनुसार मौसम पूर्वानुमान, कृषि उपजको मूल्य र कृषि सामग्रीको उपलब्धतासम्बन्धी सूचना नियमित रूपमा किसानलाई उपलब्ध गराउन उक्त एप सञ्चालनमा ल्याइनेछ । साथै, सूचना प्रवाहको पहुँच बढाउन किसान लक्षित एसएमएस सेवा पनि व्यवस्थित गरिने उनले उल्लेख गरे ।

“मौसम पूर्वानुमान, कृषि उपजको मूल्य र कृषि सामग्रीको उपलब्धताका सम्बन्धमा किसानलाई नियमित रूपमा सूचना उपलब्ध गराउन ‘किसान एप’को विकास गरी एसएमएस सेवालाई व्यवस्थित गरिनेछ,” उनले भने ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १५:४८