काठमाडौँ । सरकारले बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाबाट हुने जग्गा तथा सम्पत्ति रोक्का र फुकुवा सम्बन्धी कार्यलाई अनलाइन प्रणालीमार्फत व्यवस्थित गर्ने भएको छ ।
बिहीबार संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रम प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।
“बैंक, वित्तीय र सहकारी संस्थाबाट गरिने रोक्का फुकुवा सम्बन्धी कार्य अनलाइन प्रणालीबाट हुने व्यवस्था मिलाइनेछ,” अर्थमन्त्री पौडेलले भने ।