काठमाडौँ । सरकारले विद्युतीय सवारी साधनमा लाग्दै आएको करलाई यथावत् राख्ने निर्णय गरेको छ ।
बिहीबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारी साधनमा लाग्ने सबै प्रकारका कर यथावत् रहने घोषणा गरेका हुन् ।
"विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन दिन, वातावरणीय प्रदूषण न्यूनीकरण गर्न र विद्युतको आन्तरिक खपत बढाउन त्यस्ता सवारी साधनमा लाग्दै आएका सबै प्रकारका कर तथा महसुल यथावत् राखेको छु," अर्थमन्त्री पौडेलले भने ।
विद्युतीय सवारी साधनमा कर नबढाउन निजी क्षेत्रले सरकारलाई लामो समयदेखि दबाब दिँदै आएको थियो ।