close

ग्रिन हाइड्रोजनमा पाँच वर्षसम्म आयकर छुट, मसिनरी उपकरणमा कुनै कर नलाग्ने

टेकपाना टेकपाना

जेठ १५, २०८२ १७:५२

ग्रिन हाइड्रोजनमा पाँच वर्षसम्म आयकर छुट, मसिनरी उपकरणमा कुनै कर नलाग्ने

 

काठमाडौँ । ग्रिन हाइड्रोजनको उत्पादन गर्ने उद्योगको लागि पैठारी हुने मसिनरी उपकरणमा कुनै पनि कर नलाग्ने भएको छ ।

ग्रिन हाइड्रोजन उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य सहित अर्थ मन्त्रालयले यो नीति लिएको हो । बिहीबार सङ्घीय संसद्‌मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ग्रिन हाइड्रोजनको उत्पादन गर्ने उद्योगको लागि  पैठारी हुने मसिनरी उपकरणमा सबै किसिमका कर महसुल नलाग्ने व्यवस्था गरेको जानकारी दिए ।

यस्तै ग्रिन हाइड्रोजनलाई पाँच वर्षसम्म आयकर छुट हुने व्यवस्था समेत लागु गरिने उनले बताए । योसँगै सौर्य तथा वायु उर्जाबाट विद्युत सञ्चय गर्न आवश्यक पर्ने ब्याट्री तथा अन्य उपकरण यन्त्रको पैठारीमा  १ प्रतिशत भन्सार महसुल लिई अन्य कर महसुल नलाग्ने व्यवस्था गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १७:५२