close

जेष्ठ नागरिक, अपाङ्गता तथा अशक्त व्यक्तिलाई राष्ट्रिय परिचयपत्र वितरण गर्न घुम्ती टोली खटाइने

टेकपाना टेकपाना

जेठ १५, २०८२ १९:१०

जेष्ठ नागरिक, अपाङ्गता तथा अशक्त व्यक्तिलाई राष्ट्रिय परिचयपत्र वितरण गर्न घुम्ती टोली खटाइने

काठमाडौँ । सरकारले जेष्ठ नागरिक, अपाङ्गता भएका र अशक्त व्यक्तिलाई राष्ट्रिय परिचयपत्र वितरण गर्न घुम्ती टोली खटाउने भएको छ ।

बिहीबार प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट मार्फत यस्तो कार्यक्रम अघि सारिएको हो ।

छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमहरूलाई एकीकृत गरी समन्यायिक, दिगो र व्यवस्थित बनाइने अर्थमन्त्री विष्णु पौडेलले बताए ।

"सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न राष्ट्रिय परिचयपत्रलाई क्रमशः अनिवार्य बनाइनेछ," उनले भने । 

पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १९:११