close

पोखरा विश्वविद्यालयको स्नातक छात्रवृत्तिको आवेदन खुला, ३० साउनसम्म अनलाइन आवेदन भर्न सकिने

टेकपाना टेकपाना

साउन ९, २०८२ १४:५६

पोखरा विश्वविद्यालयको स्नातक छात्रवृत्तिको आवेदन खुला, ३० साउनसम्म अनलाइन आवेदन भर्न सकिने

काठमाडौँ । पोखरा विश्वविद्यालयले स्नातक तहका लागि छात्रवृत्ति खुलाएको छ । शुक्रबार एक सूचना जारी गर्दै विश्वविद्यालयले स्नातक तहमा विज्ञान तथा प्रविधि सङ्काय, व्यवस्थापन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका लागि छात्रवृत्ति खुलाएको हो ।

छनोट हुने विद्यार्थीहरूलाई विश्वविद्यालय अन्तर्गतका आङ्गिक स्कुल, संयुक्त आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा अध्ययन छात्रवृत्ति उपलब्ध गराइनेछ । पोखरा विश्वविद्यालय छात्रवृत्ति नियमावली, २०६५ अनुसार विद्यार्थी छनोटको काम गरिनेछ ।

शुक्रबारदेखि आउँदो ३० साउन राति १२ः०० बजेसम्म पोखरा विश्वविद्यालय छात्रवृत्ति पोर्टलबाट अनलाइन फाराम भर्न सकिनेछ । आवेदकहरू मध्ये विज्ञान तथा प्रविधि संकाय समूह (क) को परीक्षा ६ भदौको बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म र (ख) समूहको परीक्षा सोही दिन २ः०० बजेदेखि ५ः०० बजेसम्म हुनेछ ।

त्यस्तै व्यवस्थापन संकायका लागि ७ भदौको बिहान ८ः०० बजेदेखि र मानविकी तथा सामाजिक शास्त्र संकाय (क), (ख) र (ग) समूहका लागि सोही दिन २ बजेदेखि परीक्षा सुरु हुनेछ । सबै परीक्षा केन्द्रहरू पोखरा विश्वविद्यालयको प्राज्ञिक कम्प्लेक्स, कास्कीमा कायम गरिएको विश्वविद्यालय छात्रवृत्ति छनौट समितिले जनाएको छ । 

पछिल्लो अध्यावधिक: साउन ९, २०८२ १४:५९