close

नेपाल मोबिलिटी एक्स्पोमा प्रोटोन ई.मास सेभेन खरिद गर्ने ग्राहकलाई ३ लाख नगद छुट

टेकपाना टेकपाना

साउन २१, २०८२ १०:२३

नेपाल मोबिलिटी एक्स्पोमा प्रोटोन ई.मास सेभेन खरिद गर्ने ग्राहकलाई ३ लाख नगद छुट

काठमाडौँ । प्रोटोन ब्रान्डको विद्युतीय सवारीको नेपाली आधिकारिक वितरक जगदम्बा मोटर्सले आजबाट सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा आफ्नो नयाँ प्रोटोन ई.मास ७ गाडीका लागि विशेष अफर घोषणा गरेको छ ।

एक्स्पो अवधिभर प्रोटोन ई.मास खरिद गर्ने ग्राहकले जगदम्बा फाइनान्सिङमार्फत चार वर्षको लागि शून्य प्रतिशत ब्याजदरमा किस्तामा खरिद गर्न सक्नेछन् । साथै सम्पूर्ण प्रक्रिया ६० मिनेटमित्रै पुरा हुने कम्पनीको दाबी छ । यसैगरी ब्याट्रीमा ८ वर्षको अनलिमिटेड माइलेज वारेन्टीको पनि व्यवस्था गरिएको छ भने एक्स्पोमा गाडी खरिद गर्ने ग्राहकले करिब तीन लाखको नगद छुट प्राप्त गर्न सक्नेछन् । यो सँगै नि:शुल्क अटोप्लस बीमा र पुरानो सवारीसँग इ.मास ईभी एक्सचेन्जक पनि व्यवस्था गरिएको छ ।

आजबाट पाँच दिनसम्म चल्ने एक्स्पोको स्टल एल ५- हल बी मा पुगेर प्रोटोन इ.मास ७ को प्रत्यक्ष रूपमा अनुभव गर्न सकिनेछ । 

प्रोटोन ई.मास ७ नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । प्राइम मोडेलले एक पटकको चार्जमा ३४५ किलोमिटर रेञ्ज प्रदान गर्छ भने यसमा ४९.५२ किलोवाट आवरको ब्याट्री रहेको छ ।

प्रिमियम मोडेलले एक पटकको फुल चार्जमा ४१० किलोमिटर रेञ्ज दिने दाबी गरिएको छ, जसमा ६०.२२ किलोवाट आवरको ब्याट्री छ । गाडीले डीसी फास्ट चार्जिङलाई सपोर्ट गर्छ, जसअनुसार २० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने १० मिनेटको चार्जमा १३५ किलोमिटर रेञ्ज थप्न सकिन्छ ।

गाडीमा भेन्टिलेटेड सिट, स्टोरेज कम्पार्टमेन्ट, १६ ओटा स्पीकरसहितको साउन्ड वेभ सिस्टम, २५६-कलर एम्बियन्ट लाइटिङ र १५.४ इन्चको टचस्क्रिन डिस्प्ले रहेको छ ।

प्रोटोन ई.मास ७ को मूल्य प्राइम मोडेलका लागि ५६ लाख ९९ हजार रुपैयाँ र प्रिमियम मोडेलका लागि ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले देशभर चार्जिङ स्टेसन विस्तार गर्ने र सर्भिस सेन्टरको सञ्जाल बनाउने योजना पनि बनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन २१, २०८२ १०:२३