काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा काठमाडौँको भृकुटिमण्डपमा आजबाट ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । पचास ओटा ब्रान्डको प्रदर्शनी रहेको उक्त कार्यक्रमको औपचारिक उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गरेका थिए । आज २१ साउनदेखि सुरु भएको यो एक्स्पो २५ साउनसम्म चल्नेछ ।
एक्स्पोमा बीवाईडी, प्रोटोन, महिन्द्रा, लिपमोटर लगायत ३५ ओटा ब्रान्डले आफ्नो नयाँ गाडी सार्वजनिक गर्दैछ । यसअन्तर्गत विभिन्न ब्रान्डका विद्युतीय सवारी (ईभी) हरू मुख्य आकर्षण बन्ने बताइएको छ । विभिन्न ईभी ब्रान्डले नाइमा एक्स्पोमा आफ्नो नयाँ मोडेलहरू प्रदर्शन गरेका छन् ।
एक्स्पोलाई व्यवस्थित र सुरक्षित बनाउन प्रदर्शनी स्थलमा अपाङ्गमैत्री संरचना, सुधारिएको ढल निकास तथा सुरक्षा र आपतकालीन सेवाको व्यवस्था मिलाइएको छ ।
एक्स्पो अवलोकनकर्ताको सुविधालाई ध्यानमा राख्दै प्रवेश टिकट ‘खल्ती बाई आईएमई’ एपमार्फत अग्रिम खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । साथै, पार्किङको समस्या समाधान गर्न नाइमाले पठाओसँग सहकार्य गरिएको छ, जसअन्तर्गत भृकुटीमण्डप जाने पठाओ राइडमा ३० प्रतिशतसम्मको छुट पाइनेछ ।
पछिल्लो अध्यावधिक: साउन २१, २०८२ १५:३०
