close

८५ लाख पर्ने जिकर एक्स नाइमा एक्स्पोमा किन्दा १५ लाख छुट

टेकपाना टेकपाना

साउन २१, २०८२ १५:४७

८५ लाख पर्ने जिकर एक्स नाइमा एक्स्पोमा किन्दा १५ लाख छुट

 

काठमाडौँ । पायोनियर मोटोकर्पले प्रिमियम विद्युतीय गाडी जिकर एक्स छुटसहित बिक्रीमा राखेको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पोको अवसरमा कम्पनीले ८४ ला ९९ रूपैयाँ पर्ने जिकर एक्स ६९ लाख ९९ हजार रूपैयाँमा नै उपलब्ध गराएको हो । साथै, एक्सपो अवधिमा जिकर एक्स बुक गर्ने ग्राहकहरूले आठ वर्ष वा एक लाख ६० हजार किलोमिटरको वारेन्टी पाउनेछन् ।

यस गाडीमा २०० किलोवाटको मोटर पावर, लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS), १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ७ वटा एयरब्याग छन् । 

जिकर एक्स २०० किलोवाट मोटर प्रयोग गरिएको छ, जसको डब्लुएलटीपी रेन्ज ४४० किलोमिटर रहेको छ । जिकर एक्स, जिकर ००१ र जिकर सेभेन-एक्स जस्तै ‘एसइए’ प्लेटफर्ममा आधारित छ ।

जिकर एक्स, २०२४ युरो एनक्यापमा दुई विधामा विजेता बन्ने एकमात्र गाडी हो जसले प्रतिष्ठित ५-स्टार सेफ्टि रेटिङ प्राप्त गरेको छ । साथै ग्रिन एनक्यापबाट फाइभ स्टार रेटिङ हासिल गर्दै वातावरणमैत्रीपनमा पनि अग्रता लिएको कम्पनीले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: साउन २१, २०८२ १५:४७