close

मोबाइल मर्मत पसलेले लिक गरे फोनमा भएका युवतीका गोप्य भिडिओ, पीडित मानसिक आघातमा

टेकपाना टेकपाना

भदौ १४, २०८२ २०:२२

मोबाइल मर्मत पसलेले लिक गरे फोनमा भएका युवतीका गोप्य भिडिओ, पीडित मानसिक आघातमा

काठमाडौँ । भारतको कोलकातामा रहेको एक मोबाइल फोन मर्मत पसलले युवतीको निजी भिडिओ इन्टरनेटमा लिक गरिदिएको गम्भीर घटना सार्वजनिक भएको छ । घटनापछि पीडितले सामाजिक सञ्जाल रेडिटमा एक पोस्टमार्फत आफूमाथि परेको मानसिक आघात र पीडा व्यक्त गरेकी छिन् ।

भिडिओ बाहिरिएपछि सयौं मानिसले आफूलाई इन्स्टामा म्यासेज पठाएको र आफ्नो जीवन तहसनहस भएको उनले बताएकी छन् । पीडित व्यक्तिले रेडिटमा ‘कोलकाताको फोन मर्मत पसलले मेरो निजी भिडिओ लिक गर्‍यो... यो आघातबाट कसरी बाहिर निस्कने मलाई थाहा छैन’ टाइटलमा आफ्नो अनुभव बाहिर ल्याएकी थिइन् ।

उनले लेखेकी थिइन्, “म अहिले पूर्ण रूपमा टुटेको छु... घटनापछि मेरा आमाबुवाले मसँग बोल्न छाड्नुभएको छ । मैले मेरा सबै सामाजिक सञ्जाल अकाउन्ट डिलिट गरेँ, फोन नम्बर बदलेँ र सबैसँग सम्पर्क तोडेको छु ।”

उनले अगाडि भनेकी थिइन्, “म आफ्नो कोठाबाट बाहिर निस्किन छाडेको छु, मान्छेलाई बेवास्ता गर्छु र फोन चलाउन पनि बन्द गरेको छु । मलाई लाग्छ मेरो पूरै जीवन ध्वस्त भएको छ र म यसबाट कसरी बाहिर निस्कन्छु भन्ने थाहा छैन ।”

आफ्नो पोस्टमा उनले अन्य प्रयोगकर्तासँग यस्तो अवस्थाबाट बाहिर निस्कन सुझाव मागेकी छन् । “के यहाँ कोही यस्तै अनुभवबाट गुज्रनुभएको छ ? जब तपाईंको विश्वास, गोपनीयता र प्रतिष्ठा यसरी ध्वस्त हुन्छ, तपाईं कसरी निको हुनुहुन्छ र अगाडि बढ्नुहुन्छ,” उनले अगाडि सोधेकी छिन् । 

अहिले रेडिट पोस्ट डिलिट भएको छ । तर, त्यसमा आएका कमेन्ट भने यथावत् छन् । सो पोस्टमा अधिकांशले पीडित युवतीलाई महिला सेल, कानुनी परामर्श दिने संस्था, प्रहरी कार्यालय पुग्न सुझाव दिएका छन् । यही प्रकृतिको घटना गत वर्ष नेपालमा पनि देखिएको थियो । मोबाइल मर्मत गर्ने पसलका कामदारले युवतीको फोनमा अश्लील भिडिओ सर्च गर्नेदेखि त्यहाँ भएका फोटोलाई अश्लील बनाइ ब्ल्याकमेल गरेका थिए । 

Phone repair shop in Kolkata leaked my private videos... I dont know how to recover from this trauma.
by in kolkata

पछिल्लो अध्यावधिक: भदौ १४, २०८२ ३:२६