काठमाडौँ । नेपाल टेलिकमको अवरुद्ध सीआरबीटी सेवा पुनः सञ्चालनमा आएको छ । कम्पनीले एक सूचना जारी गर्दै यो सेवा पुनःस्थापना भएको जानकारी दिएको हो ।
सेवा अवरुद्ध हुनुको पछाडि प्राविधिक कारण रहेको बताउँदै कम्पनीले हाल उक्त समस्या समाधान भइसकेको उल्लेख गरेको छ । "ग्राहक वर्गको माग र आवश्यकतालाई ध्यानमा राख्दै सोही बमोजिमका सेवाहरू अविच्छिन्न र गुणस्तरीय रूपमा प्रदान गर्न कम्पनी सदा प्रतिबद्ध छ," सूचनामा कम्पनीले भनेको छ ।
मङ्गलबारदेखि कम्पनीको उक्त सेवा बन्द भएको थियो ।
पछिल्लो अध्यावधिक: भदौ १९, २०८२ ९:१७
