close

प्रधानमन्त्री ओली भाग्न लागेको हल्ला चलेपछि हिमालय एयरलाइन्सले भन्यो: ‘हाम्रोबारे भ्रम फैलाइयो’

टेकपाना टेकपाना

भदौ २४, २०८२ १७:५५

फाइल तस्बिर फाइल तस्बिर

काठमाडौँ । हिमालय एयरलाइन्सले सामाजिक सञ्जालमा आफूलाई जोडेर प्रसारित भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । देशव्यापी रूपमा भइरहेको ‘जेन-जी’ प्रदर्शनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली देश छाडेर भाग्न लागेको भन्दै आफ्नो विमानको उडान डेटा भाइरल गराइएपछि एयरलाइन्सले मंगलबार विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको हो ।

सामाजिक सञ्जालमा हिमालयन एयरलाइन्सको एक विमानको ‘फ्लाइट र्‍याडर’ को स्क्रिनशट भाइरल भइरहेको छ । उक्त स्क्रिनशटलाई आधार मान्दै प्रदर्शनका बीच प्रधानमन्त्री ओली देश छाडेर भाग्न लागेको जस्ता कपोकल्पित हल्ला फैलाइएको कम्पनीको दाबी छ ।

यसबारे स्पष्ट पार्दै एयरलाइन्सले मंगलबार एक विज्ञप्ति जारी गरी भनेको छ, “हालै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत् हिमालय एयरलाइन्स सम्बन्धी प्रसारित भइरहेको समाचारहरू पूर्णतः असत्य तथा भ्रामक छन् ।” विज्ञप्तिमा यस्ता भ्रामक र कपोकल्पित समाचारको भ्रममा नपर्न अनुरोध गरिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २४, २०८२ १७:५६