close

एनसेल प्रयोगकर्ताले शुक्रबारसम्म निःशुल्क लोकल भ्वाइस, एसएमएस र डेटा पाउने

टेकपाना टेकपाना

भदौ २६, २०८२ ११:५६

एनसेल प्रयोगकर्ताले शुक्रबारसम्म निःशुल्क लोकल भ्वाइस, एसएमएस र डेटा पाउने

काठमाडौँ । टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारदेखि दिन थालेको निःशुल्क लोकल भ्वाइस, एसएमएस र डेटा सेवाको समयावधि बढाएको छ । योसँगै अब एनसेल प्रयोगकर्ताले शुक्रबारसम्म निःशुल्क सेवा लिन पाउने छन् ।

हालको विषम परिस्थितिमा उपभोक्तालाई देश, विदेशमा रहेका आफन्तजनसँग सम्पर्क निरन्तर कायम राख्न सहजता प्रदान गर्ने उद्देश्यले एनसेलले निःशुल्क सेवाको अवधि थप गरेको छ ।

एनसेलको यो सुविधा अन्तर्गत ग्राहकले बिना कुनै शुल्क लोकल भ्वाइस कल (एनसेल र नेपाल टेलिकम दुवै नेटवर्कमा), डेटा र एसएमएस सेवा उपयोग गर्न पाउने छन् ।

पछिल्लो अध्यावधिक: भदौ २६, २०८२ ११:५६