close

बालबालिकाका लागि ब्ल्याकभ्युको विशेष ट्याब नेपाली बजारमा, मूल्य साढे १३ हजार रुपैयाँ

टेकपाना टेकपाना

असोज २३, २०८२ २२:३७

बालबालिकाका लागि ब्ल्याकभ्युको विशेष ट्याब नेपाली बजारमा, मूल्य साढे १३ हजार रुपैयाँ

काठमाडौँ । बालबालिकाका लागि विशेष रूपमा डिजाइन गरिएको ब्ल्याकभ्यु ट्याब २० किड्स (Blackview Tab 20 Kids) नेपाली बजारमा उपलब्ध भएको छ । अध्ययन र सिकाइसँगै मनोरञ्जनका लागि समेत यो ट्याब उपयोगी हुने कम्पनीले जनाएको छ ।

ट्याबमा १०.१ इन्चको एचडी प्लस आईपीएस डिस्प्ले रहेको छ । जसमा ६० हर्जको रिफ्रेस रेट पाउन सकिन्छ । पर्फर्मेन्सलाई सहज बनाउने उद्देश्यले कम्पनीले यसमा क्वाड कोर युनिसक टी३१० प्रोसेसर समावेश गरेको छ ।

यसमा ४ जीबी र्याम (८ जीबीसम्म विस्तार गर्न सकिने) र ६४ जीबी इन्टर्नल स्टोरेज उपलब्ध छ । एन्ड्रोइड भर्सन १५ मा आधारित डिभाइसमा ८ मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।

यसमा ६६०० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ । साथै, डुअल स्पिकर सिस्टम रहेकोले साउन्ड एक्सपिरियन्स अझ प्रष्ट र आकर्षक हुने कम्पनीको दाबी छ ।

स्क्रिन सुरक्षाका लागि ट्याबमा पहिले नै प्रोटेक्टिभ केस दिइएको छ । टिकाउ हार्डवेयर र आकर्षक डिजाइनका कारण यो ट्याब बालबालिकाका लागि सुरक्षित र उपयोगी विकल्पका रूपमा प्रस्तुत गरिएको कम्पनीको भनाइ छ ।

यो ट्याबको मूल्य नेपाली बजारमा साढे १३ हजार रुपैयाँमा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २३, २०८२ २२:४०