close

भाग्य परीक्षा र लटरी खेलाउने भन्दै फेसबुक लाइभमार्फत ठगी धन्दा चल्दै, नफस्न प्रहरीको आग्रह

टेकपाना टेकपाना

असोज २७, २०८२ १५:१५

भाग्य परीक्षा र लटरी खेलाउने भन्दै फेसबुक लाइभमार्फत ठगी धन्दा चल्दै, नफस्न प्रहरीको आग्रह

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले फेसबुक लाइभ मार्फत ठगी गर्ने कार्य मौलाइरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । सोमबार फेसबुक पेजमा एक पोस्ट राख्दै काठमाडौँ प्रहरीले प्रयोगकर्ताहरूलाई सचेत गराएको हो ।

काठमाडौँ प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसबुकमा विभिन्न नामका पेजहरू बनाई फेसबुक लाइभ मार्फत भाग्य परीक्षा, लटरी खेलाउने भन्दै रकम पठाउन लगाउने र कार्ड स्क्र्याच गरेको देखाई ठगी गर्ने गरेको पाइएको छ । “त्यस्ता झुटा प्रलोभनमा नपर्न र ठगी हुनबाट बच्न अनुरोध गर्दछौँ,” प्रहरीले भनेको छ । यस किसिमका गतिविधि देखिए नेपाल प्रहरीको १०० वा जिल्ला प्रहरी परिसर, काठमाडौँको ९८५१२८३०१२ मा सम्पर्क गरी जानकारी गराउन सकिनेछ । 

 

पछिल्लो अध्यावधिक: असोज २७, २०८२ १५:१५