close

गायब भएको १० दिनपछि फिर्ता आयो प्रधानमन्त्री कार्कीको फेसबुक अकाउन्ट

टेकपाना टेकपाना

असोज ३१, २०८२ १७:५०

गायब भएको १० दिनपछि फिर्ता आयो प्रधानमन्त्री कार्कीको फेसबुक अकाउन्ट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको फेसबुक प्रोफाइल फिर्ता आएको छ । गत २० असोजमा गायब भएको उनको प्रोफाइल शुक्रबार फिर्ता आएको हो ।

नक्कली अकाउन्टको बिगबिगी बढेपछि १९ असोजमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्कीका सामाजिक सञ्जाल एक्स, इन्स्टाग्राम र फेसबुकका आधिकारिक प्रोफाइल सार्वजनिक गरेको थियो । तर, त्यसको दुई दिनपछि फेसबुक अकाउन्ट एकाएक गायब भएको थियो ।

प्रधानमन्त्री कार्कीको नाममा २६ भन्दा बढी नक्कली सामाजिक सञ्जाल अकाउन्ट सञ्चालनमा रहेको पाइएपछि साइबर ब्युरोले अनुसन्धान थालेको छ । अनुसन्धानकै क्रममा ३० हजारभन्दा बढी फलोअर भएको एउटा नक्कली पेज गायब भएको छ भने आधिकारिक अकाउन्ट फिर्ता आएको छ ।

प्रधानमन्त्री कार्कीको आधिकारिक फेसबुक प्रोफाइलमा १४ हजारभन्दा बढी फलोअर छन् । प्रोफाइल गायब हुनुअघि अन्तिम पटक ५ अक्टोबरमा पोस्ट गरिएको थियो । फेसबुक प्रोफाइल गायब भए पनि प्रधानमन्त्री कार्कीको एक्स ह्यान्डलमा समस्या आएको छैन ।

प्रधानमन्त्री कार्कीका आधिकारिक सामाजिक सञ्जाल विवरण:

पछिल्लो अध्यावधिक: असोज ३१, २०८२ १७:५०