close

डिशहोम ग्राहकले डल्ले रेस्टुरेन्टमा १० प्रतिशत छुट पाउने

टेकपाना टेकपाना

कात्तिक १३, २०८२ १८:३७

डिशहोम ग्राहकले डल्ले रेस्टुरेन्टमा १० प्रतिशत छुट पाउने

काठमाडौँ । डिशहोमका ग्राहकहरूले डल्ले रेस्टुरेन्टको काठमाडौँ उपत्यका भित्रका सबै आउटलेटमा १० प्रतिशत छुट पाउने भएका छन् । ​डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रममार्फत ग्राहकले डल्ले रेस्टुरेन्ट छुट पाउने भएका हुन् ।

यो छुट प्राप्त गर्न ‘माई डिशहोम एप’ मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ ।

भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्ने तरिका:

  • माई डिशहोम एप गुगल प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुहोस् ।

  • दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्नुहोस् ।

  • होमस्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकनमा क्लिक गर्नुहोस् ।

  • डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८२ १८:३७