close

युवा तथा खेलकुदसँग सम्बन्धित विषयमा अनलाइनबाटै गुनासो गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक २३, २०८२ १९:२०

युवा तथा खेलकुदसँग सम्बन्धित विषयमा अनलाइनबाटै गुनासो गर्न सकिने

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित गुनासो तथा सुझाव अनलाइनबाटै दिन सकिने भएको छ । मन्त्री बब्लु गुप्ताले गुनासो सुनुवाइ कक्ष स्थापना गरेर नागरिकको गुनासो लिन लागेको जानकारी दिएका हुन् । 

अब उक्त कक्षबाट नै मन्त्रालयको कामबारे नागरिकका गुनासो सुनुवाइ र समाधानको प्रयास गरिने भएको छ ।

यहाँ क्लिक गरेर मन्त्रालयका कार्य क्षेत्र अन्तर्गत रहेका गुनासोहरू नागरिकले पेश गर्न सक्नेछन् ।

यस्तै ०१-४२००५४४ मा कल गरेर , +९७७-९८५१४१०२४६ मा ह्वाट्सएप गरेर र [email protected] मा ईमेल पठाएर पनि गुनासो गर्न सकिने मन्त्री गुप्ताले जानकारी दिए । 

 

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०८२ १९:२०