close

सेरेस ईभी किन्दा ६ लाखसम्मको लाभ, नामीमा आईफोन १७ प्रो म्याक्स र थाइल्यान्ड भ्रमणको मौका

टेकपाना टेकपाना

मंसिर १०, २०८२ १८:१९

सेरेस ईभी किन्दा ६ लाखसम्मको लाभ, नामीमा आईफोन १७ प्रो म्याक्स र थाइल्यान्ड भ्रमणको मौका

काठमाडौँ । एमएडब्लू वृद्धिले नयाँ वर्षलाई लक्षित गर्दै ‘प्रि न्यू इयर ब्याश’ नामक विशेष योजना सार्वजनिक गरेको छ । डोंगफेङ नामी र सेरेस ब्रान्डका विद्युतीय सवारी खरिदमा कम्पनीले विभिन्न अफर घोषणा गरेको हो ।

सीमित अवधिका लागि लागु गरिएको योजना अन्तर्गत डोंगफेङ नामी ब्रान्डका ‘नामी भिगो’ र ‘नामी ०१’ मोडेलका गाडीहरू नाडा अटो शोकै विशेष मूल्यमा खरिद गर्न सकिनेछ ।

साथै, ग्राहकले प्रत्येक खरिदमा ७ किलोवाटको होम चार्जर, ३.५ किलोवाटको पोर्टेबल चार्जर र अटो प्लस इन्स्योरेन्स निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यसबाहेक, नामीका ग्राहकहरूका लागि ‘लक्की ड्र’ को समेत व्यवस्था गरिएको छ । जसअन्तर्गत तीन जना विजेताले थाइल्यान्ड भ्रमणको प्याकेज र एक जना भाग्यशाली ग्राहकले ‘आईफोन १७ प्रो म्याक्स’ जित्ने अवसर पाउने भएका छन् ।

त्यसैगरी, सेरेस ब्रान्डका ईभी खरिदकर्ताहरूले ६ लाख रुपैयाँसम्मको लाभ प्राप्त गर्नेछन् । यस प्याकेजमा नगद छुट, एक वर्षको पूर्ण बीमा (कम्प्रिहेन्सिभ इन्स्युरेन्स), निःशुल्क एसेसरिज, एक्सचेञ्ज बोनस तथा पुरानो गाडीको उच्च मूल्यांकन सुविधा समावेश छ ।

कम्पनीले यो अफर काठमाडौँ उपत्यकाभित्र तथा बाहिर रहेका सबै आधिकारिक शोरूमहरूमा उपलब्ध हुने जानकारी दिएको छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर १०, २०८२ १८:५४