राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा आवेदन दिई रद्द भएकालाई सच्याउन २ दिन समय थप
मंसिर १२, २०८२ ११:१४
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावली दर्ताका लागि आवेदन दिएर रद्द भएका व्यक्तिहरूलाई पुनः आवेदन दिन थप दुई दिनको समय उपलब्ध गराएको छ ।
यसअघि ११ मङ्सिर (बिहीबार) सम्मको समय तोकिएकोमा आयोगले उक्त म्याद बढाएर १३ मङ्सिर अर्थात् भोलि शनिबारसम्म पुर्याएको हो ।
आयोगका अनुसार ५ मङ्सिरसम्म राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउन आवेदन दिएका तर विभिन्न कारणले रद्द भएकाहरूले मात्र यो सुविधा पाउनेछन् ।
आवेदन रद्द भएका व्यक्तिहरूले आयोगको वेबसाइटमार्फत शनिबारसम्म पुनः आवेदन फारम भर्न सक्नेछन् । यसका लागि प्रयोगकर्ताले आफ्नो रद्द भएको आवेदन नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, जन्ममिति र आफ्नो पहिलो नाम (अंग्रेजीमा) प्रविष्ट गरी विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर १२, २०८२ ११:१४
