close

कम्प्युटरमा चलाउन पैसा तिर्नुपर्ने लोकप्रिय ४ एप र तिनका निःशुल्क विकल्प

टेकपाना टेकपाना

मंसिर २१, २०८२ १२:४५

कम्प्युटरमा चलाउन पैसा तिर्नुपर्ने लोकप्रिय ४ एप र तिनका निःशुल्क विकल्प

काठमाडौँ । सामान्यतयाः राम्रा कम्प्युटर सफ्टवेयर पैसा तिरेर चलाउनु पर्ने हुन्छ । तर एक समय आवश्यक मानिने धेरै टुलहरू अब 'हुनैपर्ने' स्थितिमा छैनन् ।

यसमा स्न्यागइट जस्ता स्क्रिन क्याप्चरिङ टुल, एडोबी एक्रोब्याट जस्ता पीडीएफ एडिटर, वनपासवर्ड जस्ता पासवर्ड म्यानेजर र माइक्रोसफ्ट अीस स्विट पनि समावेश छन् । यीमध्ये धेरैजसो एपहरू एक पटक खरिद गरेर पुग्दैन, सब्सिक्रिप्सनमा बाँधेर राख्छन् ।

जसले गर्दा तपाईँले पहुँच कायम राख्नका लागि हरेक वर्ष पैसा तिर्नुपर्ने हुन्छ । आज हामी तपाईँलाई निःशुल्क विकल्प पर्याप्त भएका यस्ता एपहरूको बारेमा बताउँदै छौँ ।

१. स्न्यागइट (SnagIt)

स्न्यागइट लामो समयदेखि प्रयोगकर्ताहरूका लागि लोकप्रिय स्क्रिन क्याप्चर टुलको रूपमा रहेको छ । यदि तपाईँको काम दिनभर स्क्रिनशट लिने हो भने यसले स्क्रोलिङ स्क्रिनशटदेखि विस्तृत फोटो एडिटिङ र क्याप्चरहरूलाई सफा स्टेप-बाई-स्टेप गाइडमा परिणत गर्ने एआई उपकरणहरू जस्ता लगभग सबै सुविधाहरू प्रदान गर्दछ ।

तर समस्या हो, यसको मूल्य । स्न्यागइटको लागि हरेक वर्ष ३९ अमेरिकी डलर पैसा तिर्नुपर्ने हुन्छ । जब कि अब यसको उपयोगिता त्यति मौलिक छैन । हालैका वर्षहरूमा माइक्रोसफ्टको स्निपिङ टुल (Snipping Tool) मा धेरै सुधार आइसकेको छ र अब यसमा स्क्रिन रेकर्डिङ, अक्षर निकाल्ने (text extraction) र आधारभूत एनोटेसन जस्ता लगभग हरेक आवश्यक सुविधा समावेश छन् ।

यदि तपाईँलाई स्निगइटले अफर गर्ने सबै खाले एड्भान्स विकल्पहरू चाहिन्छ भने शेयरएक्स (ShareX) एउटा उत्कृष्ट विकल्प हो । यो एउटा निःशुल्क तथा ओपनसोर्स टुल हो, जसले प्रशस्त मात्रामा क्याप्चर मोडहरू, डेडिकेटेड फोटो एडिटर र क्याप्चरलाई क्लाउडमा अपलोड गर्ने क्षमता पनि प्रदान गर्दछ ।

२. वनपासवर्ड (1Password)

वन पासवर्ड सबैभन्दा एक परिष्कृत पासवर्ड म्यानेजरको रूपमा प्रतिष्ठित छ । यसमा सफा इन्टरफेस, सहज अटोफिल (smooth autofill), सुरक्षित पासवर्ड शेयरिङ र डेटा ब्रिच मनिटरिङ जस्ता अतिरिक्त टुलहरू पनि छन् । यदि तपाईँलाई वार्षिक ३६ अमेरिकी डलर तिर्न आपत्ति छैन भने यो सिफारिस गर्न सकिने एप हो ।

तर, बिटवार्डेन (Bitwarden) जस्तो निःशुल्क विकल्पलाई हेर्दा त्यो मूल्य उचित लाग्दैन । बिटवार्डेनले कुनै शुल्क नलिई आधुनिक पासवर्ड म्यानेजरमा चाहिने सबै कुरा प्रदान गर्दछ ।

यसमा वार्षिक १० अमेरिकी डलर शुल्क लाग्ने सशुल्क योजना भए तापनि, यसको निःशुल्क योजनाले असीमित पासवर्ड भण्डारण, क्रस-डिभाइस सिंक (cross-device sync) र सुरक्षित शेयरिङ जस्ता सुविधा उपलब्ध गराउछ । बिटवार्डेन पूर्णतया ओपनसोर्स सफ्टवेयर पनि हो ।

३. एडोबी एक्रोब्याट

एडोबी एक्रोब्याट पीडीएफमा काम गर्नको लागि घरघरमा परिचित एपको नाम हो । यसले सशक्त एडिटिङ टुलदेखि लिएर बिल्ट-इन एआई असिस्टेन्टसम्म तपाईँलाई चाहिने सबै कुरा प्रदान गर्छ । एक्रोब्याट भरपर्दो भएकाले एडोबीले यसको सब्सक्रिप्सन शुल्क पनि बढाउँदै लगिरहेको छ ।

तर पीडीएफ गियर ( PDFGear) जस्ता निःशुल्क पीडीएफ एडिटरहरू पनि बजारमा उपलब्ध छन्, जो उत्तिकै राम्रा छन् । पीडीएफ गियर एउटा निःशुल्क एप हो, जसले तपाईँलाई पीडीएफ एडिट गर्न, कन्भर्ट गर्न, मर्ज गर्न र विभाजन (split) गर्न दिन्छ ।

यसमा बिल्ट-इन च्याटजीपीटी असिस्टेन्ट पनि छ, जसले गर्दा तपाईँले लामा डकुमेन्टको सारांश तयार पार्न, तिनीहरूको बारेमा प्रश्नहरू सोध्न वा सुझावहरू प्राप्त गर्न सक्नुहुन्छ । पीडीएफ गियर एन्ड्रोइड र आईफोनमा पनि उपलब्ध छ ।

४. म्याकफी (McAfee)

एक समय यस्तो थियो कि जब एन्टिभाइरस प्रोग्राम नयाँ पीसीमा इन्स्टल गरिने पहिलो चीज हुन्थ्यो । आज पनि म्याकफी नयाँ पीसीहरूमा बन्डल भएर आउँछ र धेरै मानिसहरूले यसको लागि पैसा तिरिरहनुपर्छ भन्ने ठान्छन् । तर अब थर्ड-पार्टी एन्टिभाइरस प्रोग्रामका लागि पैसा तिर्नुको अब अर्थ छैन ।

माइक्रोसफ्टको बिल्ट-इन विन्डोज सेक्युरिटी (Windows Security) एप एउटा पूर्ण रूपमा सक्षम सेक्युरिटी स्विटमा परिपक्व भइसकेको छ । यसले रियल-टाइम सुरक्षा, र्‍यान्समवेयर सुरक्षा, मालिसियस डाउनलोडहरू रोक्नको लागि स्मार्टस्क्रिन फिल्टर र सेक्युरिटी सेटिङहरू सुरक्षित राख्नको लागि टेम्पर प्रोटेक्सन जस्ता सुविधाहरू प्रदान गर्दछ ।

यसले तपाईँलाई आवश्यक पर्ने सुरक्षाको हरेक आवश्यक तहलाई निःशुल्क कभर गर्दछ । यदि तपाईँलाई व्यक्तिगत डेटा क्लिनअप टुल, प्यारेन्टल कन्ट्रोल र बन्डल गरिएको भीपीएन जस्ता म्याकफीले अफर गर्ने अतिरिक्त सुविधाहरू चाहिएको छैन भने पीसीलाई सुरक्षित राख्नको लागि मात्र म्याकफीलाई तिर्नु आवश्यक छैन ।

 

पछिल्लो अध्यावधिक: मंसिर २१, २०८२ १२:४५