रिडारा ईभी पिकअपमा ८० प्रतिशतसम्म फाइनान्स र ३ लाखसम्मको एक्सचेन्ज बोनस
मंसिर २७, २०८२ १२:३१
काठमाडौँ । ईभी पिकअप ब्रान्ड रिडाराले आफ्ना ग्राहकहरूका लागि नयाँ अफर सार्वजनिक गरेको छ । विद्युतीय सवारीसाधनको खरिदलाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले कम्पनीले ८० प्रतिशतसम्म फाइनान्स सुविधा र एक्सचेन्जमा तीन लाख रुपैयाँसम्मको थप लाभ दिने घोषणा गरेको हो ।
सीमित अवधिका लागि ल्याइएको यो योजनाअन्तर्गत ग्राहकले पुरानो गाडी साटेर नयाँ रिडारा पिकअप खरिद गर्दा एक्सचेन्ज भ्यालुएसनमा तीन लाख रुपैयाँसम्म थप लाभ पाउनेछन् । साथै, अफरमा नगद छुट, एक वर्षको सडक कर र एक वर्षको बीमा निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले खरिद प्रक्रियालाई सरल बनाउन सजिलो फाइनान्स सुविधा र सुनिश्चित एक्सचेन्ज भ्यालुएसनको व्यवस्था समेत गरेको छ ।
अफरसँगै रिडाराले ‘टेस्ट ड्राइभ, फिल थ्रिल, अल डे’ (Test Drive. Feel Thrill. All Day) अभियान पनि सञ्चालन गरिरहेको छ । यस अभियानअन्तर्गत ग्राहकले दिनभर टेस्ट ड्राइभमार्फत गाडीको पर्फमेन्स, कम्फर्ट र वास्तविक ड्राइभिङ अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।
नेपालको भौगोलिक बनावटलाई ध्यानमा राखेर डिजाइन गरिएको रिडारा ईभी पिकअपमा उच्च ग्राउन्ड क्लियरेन्स, फराकिलो इन्टेरियर र अत्याधुनिक प्रविधि समावेश रहेको कम्पनीको भनाइ छ । यसको टु ह्विल ड्राइभ भेरियन्ट सहरी र राजमार्ग यात्राका लागि किफायती रहेको र फोर ह्विल ड्राइभ भेरियन्टले अफ-रोड र कठिन भू-भागमा उत्कृष्ट पकड र नियन्त्रण प्रदान गर्ने बताइएको छ ।
यो योजना देशभरका रिडाराका सबै शोरुमहरूमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर २७, २०८२ १२:३१
