close

नेपालगञ्जमा ‘दीपल एस ०५’ र ‘नामी भिगो’ सार्वजनिक, लन्च अफरमा विशेष छुट घोषणा

टेकपाना टेकपाना

मंसिर २९, २०८२ ९:३७

नेपालगञ्जमा ‘दीपल एस ०५’ र ‘नामी भिगो’ सार्वजनिक, लन्च अफरमा विशेष छुट घोषणा

काठमाडौँ । नेपालमा दीपल र नामी विद्युतीय गाडीको आधिकारिक वितरक एमएडब्लू वृद्धिले पश्चिम नेपालको प्रमुख सहर नेपालगञ्जमा दुई नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले स्थानीय साझेदार पानस अटोमोटिभसँगको सहकार्यमा ‘दीपल एस ०५’ (Deepal एस ०५) र ‘नामी भिगो’ (Nammi Veegoo) औपचारिक रूपमा बजारमा ल्याएको हो ।

बिहीबार आयोजित एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासंघ नेपालगञ्जका अध्यक्ष टंकनाथ धामी र कोहलपुरका अध्यक्ष प्रदीप भट्टराईले संयुक्त रूपमा गाडीको अनावरण गरे । पश्चिम नेपालमा विद्युतीय गतिशीलताको विस्तार गर्ने उद्देश्यले गाडी सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा एमएडब्लू ग्रुपका तर्फबाट एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरिया, प्यासेन्जर डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लू वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रशन्न पन्त र एमएडब्लू वृद्धि अटोकोर्पका सिइओ ज्ञानेन्द्र चन्दको उपस्थिति थियो । पानस अटोमोटिभका अध्यक्ष ज्ञानेन्द्र खनालले नेपालगञ्ज क्षेत्रमा ईभी इकोसिस्टम विकास गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।

कस्ता छन् विशेषता ?

सार्वजनिक गरिएको दीपल एस ०५ मा सीएटिएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ जडान गरिएको छ । प्रिमियम एसयूभीका रूपमा बजारमा आएको यस गाडीमा भेन्टिलेटेड र हिटेड फ्रन्ट सिट, जिरो-ग्राभिटी मोड सहितको क्विन को-पाइलट सिट, रिमोट पार्किङ, १४.४ इन्चको टचस्क्रिन र लाइभ नेभिगेसन सहितको एआर-एचयूडीजस्ता सुविधा उपलब्ध छन् ।

त्यस्तै, स्मार्ट विद्युतीय एसयुभी ‘नामी भिगो’ डोंगफेंगको क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित छ । ९९ किलोवाट क्षमताको मोटर रहेको यो गाडीले ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यसमा लेभल २ एडास (ADAS), १८ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म फास्ट चार्ज हुने क्षमता, म्युजिक सिंक एम्बियन्ट लाइटिङ जस्ता विशेषता रहेका छन् ।

मूल्य र अफर

कम्पनीले नेपालगञ्जका लागि विशेष ‘लन्च अफर’ अन्तर्गत छुट मूल्य सार्वजनिक गरेको छ । जसअनुसार दीपल एस ०५ को ब्ल्याक इन्टेरियर भेरियन्ट ५५ लाख ९९ हजार र ओरेन्ज इन्टेरियर भेरियन्ट ५६ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ । यसको बजार मूल्य क्रमशः ५६ लाख ९९ हजार र ५७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यसैगरी, नामी भिगोको ‘ई२’ भेरियन्ट अफर मूल्य ३७ लाख ९९ हजार (बजार मूल्य ३८ लाख ९९ हजार) र ‘ई२ प्लस’ भेरियन्ट ४० लाख ९९ हजार रुपैयाँ (बजार मूल्य ४१ लाख ९९ हजार) मा खरिद गर्न सकिनेछ ।

नेपालगञ्जमा पानस अटोमोटिभ आधिकारिक वितरक नियुक्त भएसँगै अब गाडी खरिद, सर्भिस, स्पेयर पार्ट्स तथा टेस्ट ड्राइभको सुविधा स्थानीय स्तरमै उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै, लन्चका अवसरमा एक्सचेन्ज सुविधा समेत प्रदान गरिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २९, २०८२ ९:४०