आकाशटेलले कल म्यानेजमेन्ट सफ्टवेयरमा थप्यो एआई र डाइनामिक भ्वाइस ब्रोडकास्टिङ सुविधा
पुस २४, २०८२ १७:३०
काठमाडौँ । कल म्यानेजमेन्ट सफ्ट्वेयर प्रदायक कम्पनी आकाशटेलले नयाँ सुविधाहरू थप गरेको छ । कम्पनीले आफ्नो सफ्टवेयरमा डाइनामिक भ्वाइस ब्रोडकास्टिङ सिस्टम, एआई जडित ह्वाट्सएप बिजनेस प्लेटफर्म, कल रिपोर्टिङ र एनालिटिक्स सफ्टवेयरको सुविधा थप गरेको हो ।
नयाँ सुविधाहरू थप भएसँगै आफ्नो सेवा लिएका व्यवसायहरूलाई ग्राहकसँग अन्तरक्रिया गर्न थप सहयोग पुग्ने कम्पनीले जनाएको छ । डाइनामिक भ्वाइस ब्रोडकास्टिङमार्फत थोरै समयमा हजारौँ ग्राहकसम्म भ्वाइस मेसेज पठाउन सक्ने बताइएको छ । यसरी पठाउने भ्वाइस मेसेजमा प्रत्येक ग्राहकको नाम, थर लगायतका विवरणहरू समावेश गरेको अडियो राख्न मिल्ने जनाइएको छ ।
यस्तै एआई जडित ह्वाट्सएप बिजनेस प्लेटफर्म मार्फत व्यावसायिक लिङ्क, प्रोडक्टहरूको क्याटलग सहितको इन्टरेक्टिभ मेसेजिङ सेवा प्रदान गर्न सकिने सुविधा पनि कम्पनीले थप गरेको छ । ग्राहकहरूको कलको पफर्मेन्सको बारेमा रियल-टाइम डेटा विश्लेषण गर्न एनालिटिक्स सफ्ट्वेयर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
यसअघि इन्टरेक्टिभ भ्वाइस रेस्पोन्स (आईभीआर) सोलुसन सेवा प्रदान गरेको कम्पनीले बजारमा प्रतिस्पर्धा गर्न नयाँ सुविधाहरू ल्याएको हो ।
पछिल्लो अध्यावधिक: पुस २४, २०८२ १७:३३
