काठमाडौँ । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबिच नेसनल पेमेन्ट स्विच अन्तर्गतको डोमेस्टिक कार्ड स्किम ‘नेपाल पे’ कार्डको सदस्यताका लागि सम्झौता भएको छ ।
नेसनल कार्ड स्विच अन्तर्गत नेपालको आफ्नै डोमेस्टिक कार्ड नेटवर्क सञ्चालनका लागि दुई संस्थाबिच हालै औपचारिक सम्झौता भएको हो । सम्झौतासँगै सानिमा बैंकले अब आफ्ना ग्राहकलाई नेपाल पे कार्ड जारी गर्न र सोमार्फत हुने भुक्तानी सेवा प्रदान गर्न सक्नेछ ।
सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।
यस व्यवस्थाले स्वदेशी कार्डमार्फत गरिने कारोबारहरूको राउटिङ र सेटलमेन्ट (फर्छ्यौट) मा अन्तरसञ्चालन सुनिश्चित गर्नेछ ।
नेपालको केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा स्थापना गरिएको नेसनल कार्ड स्विचले आन्तरिक कार्ड कारोबारलाई थप सुरक्षित र व्यवस्थित बनाउने विश्वास लिइएको छ ।
पछिल्लो अध्यावधिक: पुस २८, २०८२ १८:१३
