‘एफसी बायर्न लेजेन्ड कप २०२६’ डिशहोम गो र एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रसारण हुने
माघ ३, २०८२ १४:५८
काठमाडौँ । एफसी बायर्न म्युनिखले भोलि (आइतबार) आयोजना गर्न लागेको फुटबल प्रतियोगिता ‘एफसी बायर्न लेजेन्ड कप २०२६’ नेपालमा डिशहोम गो एप र एक्सन स्पोर्टस एचडी २ मार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ ।
म्युनिखस्थित साप गार्डेन स्टेडियममा सञ्चालन हुने यस पुरानो शैलीको इन्डोर फुटबल प्रतियोगितामा विश्व फुटबलका हस्तीहरू पुनः मैदानमा देखिनेछन् । प्रतियोगितामा आयोजक एफसी बायर्न म्युनिखसहित युरोपका ६ चर्चित क्लबहरु युभेन्टस, बोरुसिया डर्टमुन्ड, सेल्टिक एफसी, आईट्राक्ट फ्रान्कफर्ट र रियल म्याड्रिडको सहभागिता रहनेछ ।
प्रतियोगितामा फुटबल प्रेमीहरूले आर्जेन रोविन, फ्र्याङ्क रिबेरी, लोथर म्याथ्युज, जोर्गन क्लिन्सम्यान जस्ता लेजेन्ड खेलाडीहरूको खेल पुन: हेर्न पाउनेछन् । यी पूर्व स्टार खेलाडीहरूको उपस्थितिमा हुने खेलले समर्थकहरूका लागि पुराना दिनहरूको स्मरण गराउने आयोजकले विश्वास लिएको छ ।
नेपाली दर्शकहरूका लागि यो प्रतियोगिता नेपाली समय अनुसार आइतबार बेलुकी ८ बजेर ५ मिनेटदेखि डिशहोम गो एप र एक्सन स्पोर्टस एचडी २ च्यानलमा प्रत्यक्ष हेर्न सकिने व्यवस्था मिलाइएको छ । प्रतियोगितामा विभिन्न क्लबका अन्य पूर्व स्टार खेलाडीहरूले समेत आफ्नो खेल कौशल प्रदर्शन गर्नेछन् ।
पछिल्लो अध्यावधिक: माघ ३, २०८२ १४:५८
