नेपाली बजारमा ‘अनर एक्स नाइन डी’ को बिक्री सुरु, पहिलो दिनमै एक हजार बढी ग्राहकले किने
माघ २२, २०८२ १७:५२
काठमाडौँ । अनर नेपालले हालै नेपाली बजारमा सार्वजनिक गरेको नयाँ स्मार्टफोन अनर एक्स९डी ले बिक्रीको पहिलो दिनमै सन्तोषजनक सफलता हात पारेको छ । कम्पनीले दिएको जानकारी अनुसार यो स्मार्टफोन बिक्री सुरु भएको पहिलो दिनमै एक हजारभन्दा बढी युनिट बिक्री भएको छ ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै यस उपलब्धिलाई 'ऐतिहासिक सफलता' को संज्ञा दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “यो उपलब्धि नेपाली उपभोक्ताहरूको अनर ब्रान्डप्रतिको बढ्दो विश्वास, उत्साह तथा नवीन प्रविधिमा आधारित स्मार्टफोनप्रतिको आकर्षणको स्पष्ट प्रमाण हो । शक्तिशाली प्रदर्शन, टिकाउपन (ड्युरेबिलिटी) तथा प्रिमियम विशेषताहरू प्रदान गर्न डिजाइन गरिएको अनर एक्स९डी छोटो समयमै आफ्नो सेग्मेन्टमा अग्रणी विकल्पका रूपमा स्थापित भएको छ ।”
नेपाली बजारमा अनर एक्स नाइन डी दुई भेरियन्टमा उपलब्ध भएको छ । ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ५४ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै १२ जीबी र्याम र २५६ जीबी स्टोरेज मूल्य ५९ हजार ९९९ रुपैयाँ छ ।
यो स्मार्टफोनमा ८३०० एमएएचको विशाल ब्याट्री र १०८ मेगापिक्सेलको हाई रेजोलुसन क्यामेरा रहेको छ । अर्को मुख्य विशेषता यसको मजबुती हो । यसमा २.५ मिटरको उचाइबाट खस्दा पनि नफुट्ने ‘ड्रप रेसिस्टेन्स’ क्षमता र धुलो तथा पानी प्रतिरोधी आईपी६९के रेटिङ रहेको छ ।
पछिल्लो अध्यावधिक: माघ २२, २०८२ १८:२९
