close

ह्वावे स्मार्टवाच खरिदमा साढे ५ हजार मूल्यको इयरबड्स र टोब्लरोन चकलेट उपहार

टेकपाना टेकपाना

माघ २६, २०८२ १३:५२

ह्वावे स्मार्टवाच खरिदमा साढे ५ हजार मूल्यको इयरबड्स र टोब्लरोन चकलेट उपहार

काठमाडौँ । ह्वावेले नेपाली ग्राहकका लागि ‘भ्यालेन्टाइन्स विक डिल्स’ सार्वजनिक गरेको छ । १४ फेब्रुअरीसम्म सञ्चालन हुने यस योजना अन्तर्गत ह्वावेका विभिन्न मोडेलका स्मार्टवाच खरिद गर्दा उपहारहरू पाइने छ ।

प्रिमियम स्मार्टवाचहरू वाच फिट फोर प्रो (Fit 4 Pro), जीटी फाइभ प्रो (GT 5 Pro), जीटी सिक्स सिरिज (GT 6 Series) र वाच डी टु (Watch D2) खरिद गर्ने ग्राहकले पाँच हजार ४९० रुपैयाँ मूल्य बराबरको ‘ह्वावे फ्रिबड्स एसई टु’ र टोब्लरोन चकलेट नि:शुल्क प्राप्त गर्नेछन् ।

त्यस्तै, ह्वावे ब्याण्ड १० र वाच फिट फोरको खरिदमा टोब्लरोन चकलेट उपहार पाइने छ ।

भ्यालेन्टाइन्स डेको अवसरमा आफ्ना प्रियजनलाई उपयोगी ग्याजेट उपहार दिन चाहनेहरूलाई लक्षित गरी यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

यो अफर सुन्धारास्थित सीटीसी मलको पाँचौँ तल्लामा रहेको ‘इफिक्स नेपाल’ बाट प्राप्त गर्न सकिनेछ । अनलाइन शपिङ पोर्टल दराजमार्फत पनि यी उत्पादन खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

 

पछिल्लो अध्यावधिक: माघ २६, २०८२ १९:२